२४ घन्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि,डिस्चार्ज हुनेको संख्या ४३१
Saturday, July 11th, 2020, 4:34 pm
काठमाडौं, २७ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित ब्रिफिंङ्ग अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जना संक्रमण पुष्टि भएको हो । साथै २४ घण्टामै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।