सन्दीपले खेल्ने सीपीएल अगष्ट १८ बाट
Saturday, July 11th, 2020, 4:04 pm
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग सीपीएल टीट्वान्टी क्रिकेट अगष्ट १८ बाट सुरु हुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण अन्योलमा रहेको यस सिजनको सीपीएल अगष्ट १८ बाट सुरु हुने भएको हो । ट्रीनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर २० सम्म हुनेछ ।
सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।