सिन्धुपाल्चोकका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु
Saturday, July 11th, 2020, 3:47 pm
असार २७,काठमाण्डौं । कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको एक जनाको मृत्यु भएको छ। गाउँपालिकास्थित वडा नम्बर ६ का ४५ वर्षिया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
यस अघि नै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका एक महिलाको मृत्यु भएको थियो। सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।
गाउँपालिकामा बुधवार ५ जना संक्रमित पनि थपिएका छन्। सबै भारतबाट आएका हुन्। सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ।