सलहको मूल्य निर्धारणः खरिद प्रतिकेजी १००, बिक्री ५०
Saturday, July 11th, 2020, 3:19 pm
२७ असार, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले सलह किराको मुल्य निर्धारण गरेको छ । नगर कार्यपालिका बैठकले सलह ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने निर्णय गरेको हो ।
सलह खरिदका लागि विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ विनीयोजन गरिएको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।
रानाका अनुसार नगरपालिकाको कृषि विकास शाखामार्फत सलह किरा दाना उद्योगलाई प्रतिकेजी रु। ५० मा बिक्री गर्ने निर्णय गरेको छ ।
नेपालमा दुई हप्ता पहिले बारा, पर्सा र सर्लाहीबाट सलह भित्रिएको थियो ।