खानेपानीको विवादमा बालकको मृत्यु !
Saturday, July 11th, 2020, 1:08 pm
असार २७ , डडेल्धुरा । डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा एक बालकको मृत्यु भएको छ ।आलिताल गाउँपालिका वडा नम्वर ६ मा खानेपानीको विवादमा ती बालकको मृत्यु भएको हो ।
गए राती झरकाँडा भन्ने ठाउँमा भएको झगडामा घाइते भएका ८ वर्षीय हिमान्सु महाराको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते बालकलाई उपचारका लागि धनगढी ल्याइए पनि शनिबार विहान ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।