फेरि एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि
Saturday, July 11th, 2020, 11:21 am
असार २७ ।काठमाडौंको सिनामंगलस्थित केएसमी अस्पतालमा उपचाररत ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ।
अस्पतालका अनुसार मिर्गौलाका विरामी रहेका उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको हो।
गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी नतिजा आउँदा पोजेटिभ आएको हो। उनको शव शनिबार बिहानै नेपाली सेनाको टोलीले दाहसंस्कारको लागि लगेको अस्पतालले जनाएको छ।
उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए।
मृतकको ठेगाना काठमाडौं लेखिएको पाइएको छ। तर उनी ठ्याक्कै कुन ठाउँको हो भन्ने यकिन भएको छैन। योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३६ पुगेको छ।