अमेरिकाले कोरोना भाइरसको ४ भ्याक्सिनको क्लिनिकल परीक्षण हुदै
Saturday, July 11th, 2020, 11:10 am
अमेरिकाले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति पाएको छ ।
संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको हो ।अमेरिकामा चार किसिमका खोपहरूको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको एफडिएका प्रमुख स्टिफेन हानले जानकारी दिएका हुन् । उनका अनुसार अरु ६ किसिमका खोप पनि परीक्षणको क्रममा तयार भइरहेको छ ।
केहि दिन अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुन सक्ने वा हुन नसक्ने केहि थाहा नभएको भन्दै अमेरिकी संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले चेतावनी दिएका थिए । उनले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरू आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने समेत बताएका थिए । तर, अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन तथा बितरण गर्ने लक्ष्य राखेको छ ।