कोरोना भाइरसको उत्पत्तिको बारेमा जान्न् डब्लुएचओ चीन प्रस्थान
Friday, July 10th, 2020, 8:52 pm
काठमाडौं, असार २६ । कोरोना भाइरसको त्रास विश्वभरी नै फैलिएको छ । यो समयमा विभिन्न देशले कोरोना भाईरसको औषधी पत्ता लगाउने प्रयास गरिरहेका छन् । बैज्ञानीकहरुले यसको अध्ययन अनुसन्धान पनि गरिरहेका छन् । यो अवस्थामा कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली चीन गएको छ ।
डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले विशेषज्ञको एक टोली शुक्रबार चीन प्रस्थान गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धबारे अनुसन्धान गर्नेछ ।
टोलीमा पशु विज्ञान र महामारीका विज्ञहरु छन् । उक्त टोलीले चिनियाँ वैज्ञानिकसँग मिलेर काम गर्ने बताइएको छ ।
उहाँले कोरोना भाइरस महामारीविरुद्ध जारी लडाईको समीक्षा गर्न बिहीबार गठन भएको एक स्वतन्त्र प्यानलमा विश्व स्वास्थ्य संगठनको कुनै भूमिका नहुनेसमेत बताएकी छन् ।
चीनबाट सन् २०१९ को डिसेम्बर अन्तिबाट सुरु भएको नोभेल कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ ।