काठमान्डौ, २६ असार। लोक दोहोरी गायक प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक भएको छ।
करिब १ बर्ष पछि गायक प्रकाश सपूतले नयाँ गीत लिएर दर्शकमाझ आएका हुन् । कोरोनाले गर्दा मानिसहरु सबै बराबर हुन् भन्ने सन्देश दिएर उक्त गीत बजारमा आएको हो।
उक्त गीतमा प्रकाश सपुतको आफ्नै लय, शब्द तथा संगीत छ भने संगीत संयोजन भने योगेश काजीले गरेका छन् र भिडियो निर्देशन भने देवेन्द्र बब्लुले गरेका हुन् । उक्त गीतमा प्रविन भट्टको सम्पादन र अनिल के मानन्धरको छायाङ्कन छ ।