सह–सचिव भएको दाबी गर्दै ठगीमा संलग्न अर्जुन क्षेत्री पक्राउ
Friday, July 10th, 2020, 7:06 pm
काठमान्डौ, २६ असार। आफुले आफैंलाई ज्योतिष दाबी गर्ने युवक अर्जन क्षेत्री पक्राउ परेका छन् ।
प्रहरीले क्षेत्रीलाई ठगीको आरोपमा पक्राउ गरेको हो । क्षेत्रीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव भएको दाबी गर्दै ठगीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै चार करोड मागेपछि क्षेत्रीलाई प्रहरी र अख्तियारको संयुक्त टोलीले पक्राउ गरेको हो । क्षेत्रीबारे अनुसनधान जारी रहेको महाशाखाका एक अधिकारीले बताए ।
गत वर्ष २०७२ सालको भन्दा ठूलो महाभूकम्प जाने झुटा प्रचार गरेपछि क्षेत्री पक्राउ परेर केही महिनाअघि मात्र छुटेका थिए ।