२४ घन्टामा थप ११८ जनामा कोरोना सङ्क्रमण
Friday, July 10th, 2020, 7:00 pm
काठमान्डौ, असार २६। पछिल्लो २४ घन्टामा नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका २५ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ हजार ६४९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १२० छ ।
हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ११ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ४८ दशमलव एक प्रतिशत निको भएको उहाँले बताए । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ८०५ जनाको पीसीआर नमूना परीक्षण भएको छ ।