उपत्यकामा बढ्दैछन् कोरोना संक्रमित
Friday, July 10th, 2020, 4:52 pm
२६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आज (शुक्रबार) ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ । तर यो समयमा उपत्यकामा अपनाउनु पर्ने सावधानी नअपनाउँदा झनै भयावह अवस्था सृजना हुन सक्ने विज्ञहरु बताउँछन् ।