१२० जनाले जिते कोरोना
Friday, July 10th, 2020, 4:42 pm
असार २६, काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। शुक्रबार देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा। जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको बताउनुभयो ।
देशभरबाट पछिल्लो २४ घण्टामा १ सय २० जनाले संक्रमण जितेका छन्। योसँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ।