यो दिन तपाई कै हो
Friday, July 10th, 2020, 8:55 am
– सृजना
यो विहानी दिन कस्तो बनाउने ? राम्रा, नराम्रो , दुखले भरिएको कस्तो ? तपाई हाम्रै हातमा छ । हिजोको असफलतालाई सम्झिएर आजको दिन निराशामा विताउने कि, यो दिन नयाँ हो भनेर यस्लाई सुन्दर बनाउने प्रयास गर्ने । त्यो सबै तपाईकै हातमा छ ।
हो नी तपाइँकै हातमा ।
ओठ मुस्कुराउनको लागि हो , एक पटक मुसुक्क मुस्काउनुस् ।
आँखा दुनियाँ हेर्नको लागि हो । सुन्दर चिज हेर्नको लागि । एक पटक वरीपरी रहेका सुन्दर चिजलाई हेर्नुहोस् ।
तपाईको हात कर्म गर्नको लागि हो, जे सक्नुहुन्छ त्यो गर्नूहोस् ।
वरिवरी छरपस्ट रहेको कुरालाई मिलाएर राख्नुहोस्, आफ्नो लागि मिठो खाना बनाउनुस् । खुसी भएर पस्कनुस् ।अनी खुसी भएरै खानुहोस् ।
बाहिर झरी परेको छ । झरी जस्तै मन रुझेको पनि होला ।
जसरी झरी रोकिन्छ र घाम लागेपछि आकाश खुल्छ , आफ्नो रुझेको मनलाई पनि खुलाउनुहोस् ।
यहाँ तपाईलाई खुसी बनाउने कोही छैन ।
मात्र, तपाई नै हो ।
तपाई जति खुसी हुनुुहुन्छ । तपाई उत्ति नै सफल बन्नुहुनेछ ।
अरुको हातमा नभएको तपाईको खुसी अरुसँग किन खोज्ने ?
पावर तपाईसँगै छ , आजको दिन कस्तो बनाउने ।
सुन्दर बनाउनुहोस् आजको दिन देख्नेलाई पनि डाहा लागोस् ।
शुभ दिन ।