बन्द भए भारतीय च्यानल
Thursday, July 9th, 2020, 9:52 pm
असार २५, काठमाण्डौं । नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ।
च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्।
चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेका हुन् ।
म्याक्सले करिब २० वटा भारतीय च्यानलको प्रशारण रोकेको छ । म्याक्ससहित डिसहोम लगायत ८–९ वटा वितरक कम्पनीहरुले भारतीय समाचारका च्यानलको प्रशारण बन्द गरेका छन् ।
आफूहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्य पनि गम्भीर हुनुपर्ने देखिन्छ ।