५० प्रतिशत भाडा वृद्धि गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने
Thursday, July 9th, 2020, 6:04 pm
काठमान्डौ, २५ असार। सरकारले जिल्लाभित्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चल्न दिने निर्णय गरेको छ।
स्वास्थ्य मापदण्ड लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उपत्यकामा भने तीन जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन हुने छ ।ट्याक्सीमा चालकबाहेक बढीमा २ जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिने निर्णय गरेको छ ।
सार्वजनिक यातायात तथा ट्याक्सी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । सार्वजनिक सवारी चलाउँदा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गर्ने निर्णय पनि सरकारले गरेको छ।
भाडा भने ५० प्रतिशतसम्म बढ्ने भएको छ । थोरै मात्र यात्रु राख्न पाउने भएकाले भाडा बढाइएको हो ।