कोरोनाको खोप यहि वर्षको १५ अगस्टसम्म उपलब्ध हुने, विज्ञहरू छक्क
Thursday, July 9th, 2020, 3:27 pm
एजेन्सी, असार २५ । कोरोना भाइरसविरुद्धको खोप यहि वर्षको १५ अगस्टसम्म सर्वसाधारणका लागि उपलब्ध हुने बताइएको छ । क्लीनीकल परीक्षण पूरा भएमा १५ अगस्टका दिन सर्वसाधारणहरूका लागि उपलब्ध गराउन सकिने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआरके) जानकारी गराएको हो ।
आईसीएमआरले र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेको खोप ‘कोभ्याक्सीन’ नामक खोपको विकास कोरोना भाइरसको एउटा स्ट्रेन निकालेर गरिएको हो । क्लीनीकल परीक्षणपछि आईसीएमआरले कोभ्याक्सीन खोपलाई १५ अगस्ट सम्म सर्वसाधारणलाई वितरण गर्ने सोच बनाएको छ । भारत बायोटेकले २९ जुनमा कोभ्याक्सीन खोप मानव शरीरमा परीक्षण गरिने बारे जानकारी गराएको थियो ।
कोरोनाभाइरस रोक्नका लागि आईसीएमआरले विकास गरेको खोपको परीक्षण तीव्र गतिमा अघि बढाउनका लागि भारत बायोटेक कम्पनीसँग सम्झौता गर्नुका साथै १२ संस्थाहरूलाई आगामी ७ जुलाई सम्ममा परीक्षणको स्वीकृति लिइसक्नुपर्ने बताएका छन् । यति कम समयमा खोप बनाउनु लगभग असम्भव भएको बताउदै विज्ञहरू आईसीएमआरको योजनाले छक्क परेका छन् ।