अनिता चलाउनेको तीज गित ‘एस्तो बनोस मेरो तीज’ सार्बजनिक (भिडियोसहित)
Thursday, July 9th, 2020, 2:54 pm
काठमान्डौ असार २५ । हरेक बर्षका तिजहरु जस्तै यो बर्षको तिजमा पनि गायीका तथा सन्चारकर्मी अनिता चलाउनेको तीज गीत ‘एस्तो बनोस मेरो तीज’ सार्वजनिक भएको छ।
विदेशको पी.आर. छ को सफलता पछी प्रिज्मा, प्रिन्सा र भद्रगोलका बले सँगको पहिलो सहकार्यमा नयाँ तीज गीत “यस्तो बनोस मेरो तीज” भर्खरै सार्वजनिक गरेकी हुन्।
पुरुषोत्तम सुबेदीको एरेन्ज, दिपक शर्माको संगीत र बिपिन किरणको शब्द रहेको गीतको भिडियो निर्देशन भने गम्भीर बिष्ट ले गरेका हुन् ।
हिन्दुहरुको महान चाड तीजलाई लक्षित गरी गायिका चलाउनेले उक्त गीतलाई बजारमा ल्याएकी छिन।