सिन्धुपाल्चोकमा उद्धारका लागि गएको हेलिकप्टर विचैबाट फर्कियो
Thursday, July 9th, 2020, 10:04 am
असार २५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाह्रविसे नगरपालिकामा बाढिमा परी घाईते भएकाहरुको उद्धारका लागि गएको हेलिकप्टर धुलिखेलको आकाशबाटै फर्किएको छ । सभामुख अग्नि सापकोटा सहित गएकोे उद्धार टोली मौसम अनुकुल नहुँदा धुलिखेलको आकाशबाट फर्किएको हो ।