भारतमा रोकिएको मल छिट्टै आउँछ
Wednesday, July 8th, 2020, 6:48 pm
असार २४, काठमाण्डौं । कोभिड नाइन्टिनका कारण भारतको कोलकत्तामा रोकिएको रसायनिक मल छिट्टै नै नेपाल ल्याउने तयारी भएको राष्ट्रिय किसान अयोगले जनाएको छ ।
धानखेतिका लागि नेपाल ल्याउन लागिएको यूरिया, डिएपी मल लकडाउनका कारण भारतमै रोकिएको थियो । जसले गर्दा किसानले मल पाउन सकेका छैनन् । आयोगले त्यो मल छिट्नै नेपाल ल्याउने गरी तयारी भैरहेको भन्दै किसानलाई चिन्तित नहुन आयोगका प्रवक्ता रविन्द्र केसीले आग्रह गर्नुभयो ।
नेपालमा बर्षेनी मल अभावका कारण किसानले समस्या झेल्दै आएका छन् । र बर्खाको समयमा मलको अभाव हुने गरेको छ ।