औषधी विभागले लगायो दुई औषधीलाई रोक
Wednesday, July 8th, 2020, 3:38 pm
असार २४, काठमाण्डौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा रोक लगाइएको हो ।ज्वरो आएको बेला प्रयोग गर्ने सिटामोल र झाडापखाला भएको अवस्थामा प्रयोग गरिने मेट्रो चार सय एमजी ,मेट्रोनिन्डाजोल ट्याबलेट र सेटोफेन प्यारासिटामोल ट्याबलेट पाँच सय एमजी बिक्री वितरणमा रोक लगाइएको छ । निरीक्षण गर्दा घुसनशीलता सम्बन्धी मापदण्ड बमोजिम नदेखिएकोले औषधी बजारबाट फिर्ता गर्न भनेको दिएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले रेइन्यूजलाई जानकारी दिनुभयो । उहाँले कुनै पनि यो औषधी प्रयोग नगर्न पनि सबैलाई आग्रह गर्नूभएको छ ।