मृत्यु भयो भनिएका बिरामी मृत्युलाई जितेर घर फर्किए
Wednesday, July 8th, 2020, 8:46 am
चितवन, असार २४ । ( रासस )मृत्यु निश्चित छ । जीवन अनिश्चित छ भन्ने कुरा हामीले सुन्दै आएका हौँ । तर मृत्यु हामी असैह् हुन्छ । आफन्तको मृत्युले झनै मन दुख्छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका एक १८ वर्षिय युवाको केशमा यस्तै भयो । उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले दुखी हुँदै मेडिकल कलेज तोडफोड गरे ।
मृत्यु भयो भनिएका भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक मङ्गलबार अस्पतालबाट निको भएर घर फर्किए ।
एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए। तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएका बताएका छन् ।
मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छुु, उनले भनेका छन् ।
अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरेँ ।
अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए।
ुतोडफोडमा मेरो संलग्नता थिएनु, उनले भने आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले बताए।
एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो।
उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो।
बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए।
मृत्यु भएका भनिएका व्यक्ति अस्पतालबाट निको भएर फर्किदाँ परिवार खुसी छन् । अस्पतालका डाक्टर कतिपय समयमा इश्वर बनिदिन्छन् हाम्रो लागि । सकेसम्म उनीहरु आफ्नो कर्तव्य पूरा गरी विरामीलाई बचाउने प्रयास गर्छन् । कतिपय अवस्थापमा भने उनीहरु असफल हुन्छन् यस्तो अवस्थामा हामीले चिकित्सकहरुको हौसला बढाउनु आवश्यक छ ।