मर्न थाले सलह
Tuesday, July 7th, 2020, 7:05 pm
असार २३, काठमाण्डौं । अनुकुल वातावरण नभएपछि नेपाल आएका सलह हराउँदै गएका छन्। मौसम अनुकुल नहुँदा सलह आफैं मर्न थालेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो ।
‘तराईबाट प्रवेश गरेको सलह हावाको वेगअनुसार उत्तर, पश्चिमतिर लागेका थिए ।
उहाँकाअनुसार २२ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सलह बाच्न सक्दैन। बाग्लुङ, रूकुमपूर्व तथा कालिकोटतिर ठूलो संख्यामा सलह मरेको जानकारी आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अब थोरै संख्यामा सलह नेपालमा छ। ती जंगलमा बसेका छन्। नेपालमा दैनिक पानी परेकोले ती पनि घट्दै जाने उहाँको भनाई छ ।
अहिले हावाको वहावको पूर्वानुमानअनुसार पूर्वी हावाको प्रभाव रहेकोले सलहको अरु झुण्डहरू नेपाल प्रवेश गर्ने सम्भावना न्यून रहेको केन्द्रले बताएको छ।
१३ गते बारा, पर्सा हुँदै पहिलो पटक सलह नेपाल प्रवेश गरेको थियो। ५ झुण्ड गरेर प्रवेश गरेको सलहको संख्या ७० देखि ८० लाख रहेको केन्द्रको अनुमान छ। १६ सय देखि १८ सय मिटर उचाईसम्म उड्न सक्ने सलह हावाको वेगसँगै टुक्रिएर ५२ जिल्लामा पुगेका थिए।