कोरोनालाई जित्ने जिल्ला चार
Tuesday, July 7th, 2020, 6:44 pm
२३ असार, काठमाडौं । चारवटा जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले चार जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।