नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार भन्दा बढी
Tuesday, July 7th, 2020, 5:02 pm
काठमाडौं, असार २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २०४ जनामा संक्रमण देखिएको हो।
आज थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ७४९९ पुगेको छ।
कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।