ओली र प्रचण्डबीच छलफल सकियो
Tuesday, July 7th, 2020, 2:28 pm
असार २३, कामाण्डौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको बताउनुभएको छ ।
छलफल कुनै निष्कर्षमा पुगेको छैन। छलफल सकारात्मक भएको उहाँको भनाई छ ।
नेकपामा जारी विवादको सहमति खोज्नका लागि सोमबारको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको थियो।