सुनको मूल्य बढ्ने क्रम जारी
Friday, August 5th, 2022, 12:19 pm
रे समाचार/काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । हिजो बिहीबार प्रति तोला ८ सय रुपौयाँले बढेर तोलाको ९६ हजार १ सय रुपौयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार तोलाको ७ सय रुपौयाँले बढेर तोलाको ९६ हजार ८ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन पनि तोलाको ७ सय रुपौयाँले बढेर प्रति तोला ९६ हजार ३ सय रुपौयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदी तोलाको १० रुपौयाँले बढेर प्रति तोला १२ सय २० रुपौयाँमा कारोबार भएको छ ।