नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण
Monday, July 6th, 2020, 4:38 pm
काठमाडौं, असार २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १८० जनामा संक्रमण देखिएको हो।
आज थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६८११ पुगेको छ।
कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।