काठमाडौं उपत्यकामा ५४ कोरोना संक्रमित थपिए
Monday, July 6th, 2020, 4:36 pm
काठमाडौं, असार २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित देखिएका छन्।
हालसम्म उपत्यकाका काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १८० जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार९ सय ६४ पुगेको छ।