पछिल्लो २४ घण्टामा ८ सय १४ जनामा कोरोना संक्रमण
Tuesday, August 2nd, 2022, 5:38 pm
रे समाचार/काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षण गर्दा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । यीमध्ये २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार ४ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।