बालुवाटार बैठक बिनानिष्कर्ष समापन, भोलि फेरि वार्ता हुने
Sunday, July 5th, 2020, 5:32 pm
काठमान्डौ, असार २१। पार्टीमा देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार दिउँसो बालुवाटारमा भएको छलफल सकिएको छ ।
नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा नेताहरू जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन, विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी थिए । आजको भएको छलफल भने ठोस निष्कर्षमा पुग्न सकेन ।
वार्तामा सहभागी नेकपाका एक नेताका अनुसार सोमबार दुबै अध्यक्षबीच पुनः वार्ता हुने गरी आजको छलफल सकिएको जानकारी दिएका हुन्।
एक नेताका अनुसार सबै विषयमा खुलस्त कुरा भएको र छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताए ।
स्थायी कमिटी बैठकअघि दुवै अध्यक्षबीच फेरि वार्ता हुने तय भएको हो । सोमबार नेकपाको स्थायी कमिटी बैठक पनि बस्दै छ ।