२४ घन्टामा २९३ जनामा कोरोना संक्रमण थपिदा १३२ जना डिस्चार्ज
Sunday, July 5th, 2020, 5:02 pm
काठमान्डौ,असार २१। नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका ६ हजार ५ सय ४७ जना डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा देशैभरबाट १ सय ३२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
संक्रमितमध्ये ३५ जनाकाे मृत्यु भइसकेकाे छ ।