काठमाडौं । तीज नजिकिँदै गर्दा नयाँ तिज गीत ‘बीच्च बीच्चमा २’ सार्वजनिक भएको छ । गायक दुर्गेश थापाको शब्द, स्वर र संगीत ‘एउटा फोटो खिच्’ बोलको गीतलाई युट्युबबाट सार्वजनिक गरिएको हो । दुर्गेशले आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
गत वर्षको तीजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ निकै लोकप्रिय बनेका कारण दुर्गेशले गीतको दोस्रो पार्ट सार्वजनिक गरेका हुन् । अर्जुन तिवारी र टोलीको छायांकन रहेको गीतको शब्द लेख्नलाई राम खत्री र राजन कार्कीले सघाएका छन् । गीतले महामारी र लकडाउनले जन-जीवनमा पारेको असरलाई समेटेको छ । साथै कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदमहरू माथि व्यङ्ग्य समेत गरेको देखिन्छ ।
शिव विकले निर्देशन गरेको भिडियोमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, दिपासा विसी, शिल्पी खड्का, अस्मिता जुरेली लगायतका कलाकारहरू रहेका छन् ।