कोरोना संक्रमणका कारण मृत्यु हुनेकोसंख्या ३४ पुग्यो
Saturday, July 4th, 2020, 6:59 pm
काठमाडौं,असार २० । कोरोना संक्रमितको थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ। देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएसँगै मृतकको संख्या ३४ पुगेको हो । उनलाई १४ गते अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्षयरोगका बिरामी थिए। उपचाका क्रममा मृत्यु भएपछि उनको असार १८ गते पिसिआर परीक्षण गरिएको थियो। उनको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
।