थप २३२ कोरोना संक्रमण, संक्रमित संख्या १५ हजार ४९१ पुग्यो
Saturday, July 4th, 2020, 6:44 pm
असार २०, काठमाण्डौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। शनिबार देशभर २३२ जना कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा। जागेश्वर गौतमले थप २३२ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो।शनिबार थपिएका सहित नेपालमा संक्रमित संख्या १५ हजार ४ सय ९१ पुगेको छ।
शनिबार २७२ सक्रंमणबाट निको भएका छन्। अहिलेसम्म ६ हजार ४ सय १५ जना संक्रमण निको भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने ३४ पुगेको छ।