फेवाताल सफा गर्दै अभिनेता प्रदिप र निर्माता सन्तोष
Saturday, July 4th, 2020, 10:40 am
‘प्रेमगित ३’ ‘प्रेमगित ३’ का नायक र निर्माता सन्तोष सेनले पोखराको फेवाताल सफा गरेका छन् । नयाँ फिल्मका लागि लोकेसन हेर्न निस्किएको क्रममा यि दुिईले फेवाताल सफा गरेका हुन् । सामाजिक संजालमा केहि तस्विर सार्वजनिक गर्दै निर्माता तथा निर्देशक सन्तोष सेनले नकरात्मक कुरालाई आरोप पत्यारोप गर्नुको साटो दिमागलाई गलत दिशातिर डोर्याउनु भन्दा पनि कुनै सकरात्मक काममा संलग्न भएर आफुलाई व्यस्त बनाइ राख्न सल्लाह दिएका छन् । यि दुईलाई सामाजिक अभियन्ता तथा कार्यकारी निर्माता चक्र बहादुर चन्दले सघाएका छन् । गत सातामात्रै सन्तोषले चितवनको देवघाट क्षेत्रमा पुगेर बृक्षारोपण गरेका थिए ।