अबबाट क्यान्सर, मधुमेह जस्ता बिरामीहरूको पनि कोरोना परीक्षण
Friday, July 3rd, 2020, 5:45 pm
काठमान्डौ असार १९। सरकारले क्यान्सर, डाइविटिज (मधुमेह) जस्ता बिरामीहरूको पनि कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको लाईभमा परीक्षणको दायरा बढाएको बताएसंगै क्यान्सर, मधुमेह जस्ता बिरामीहरूको पनि कोरोना परीक्षण गर्ने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए अनुसार अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको पनि परीक्षण गरिने भएको छ । सरकारी, सामुदायिक र नीजि अस्पतालहरूमा समेत कोरोना संक्रमितको उपचारको लागी व्यवस्था मिलाइएको छ ।