बिनानिष्कर्ष सकियाे ओली- प्रचण्ड बैठक, भोलिपनि जारी रहने
Friday, July 3rd, 2020, 5:10 pm
काठमान्डौ असार १९। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए।
वार्तामा दुवै अध्यक्षले पछिल्ला घट्नाक्रमबारे खुलस्त छलफल गरेको र दुवै पक्षले वातावरणलाई सकारात्मक दिशातर्फ लैजान प्रयास गरिएको बताइएको छ।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी समिति बैठकअघि शनिबार बिहान दुई अध्यक्षबीच पुनः छलफल हुनेछ।