स्कुटर दुर्घटनामा परी चालकको मृत्यु
Friday, July 3rd, 2020, 12:36 pm
विराटनगर, असार १९ । मोरङको विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बिहीबार विराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटना परी २३ वर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको हो ।
हिजो राति साढे ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफैं अनियन्त्रीत भई दुर्घटना हुँदा विराटनगर–१६ का बस्नेत घाइते भएका थिए ।
घाइते उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा राति साँढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।