गण्डकीमा थपिए ३२ नयाँ संक्रमित
Friday, July 3rd, 2020, 9:03 am
काठमाडौं, असार १९ । गण्डकी प्रदेशका चार वटा जिल्लामा कोरोना संक्रमित बिरामी थपिएका छन्।
थप ३२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। नवलपरासी पूर्वमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ जना र बागलुङमा १ जनामा सङ्क्रमण फेला परेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
उनीहरूको भरतपुर अस्पताल, चितवन र प्रदेश क्षयरोग केन्द्र, पोखरामा परीक्षण गरिएको थियो। सङ्क्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ६३ पुगेको छ।