एजेन्सी , असार १९ । संसार कै धनि ब्यक्ति तथा समाजसेवामा लागिरहेका बिल गेट्सले कोभिड १९ ठूलो संख्यामा फर्किन सक्ने चेतावनी दिएका छन् । माइक्रोसफ्टका संस्थापक समेत रहेका गेट्सका अनुसार उपचारले संक्रमणबाट हुने मृत्युलाई कम गरिरहेको भएपनि
अक्टोबर र नोभेम्बरको महिनामा कोरोना भाइरसको संक्रमण ठूलो संख्यामा फर्किने बताउछन् ।
धेरै व्यक्तिले मास्क लगाउने, सामाजिक दूरी अभ्यास गर्न अस्वीकार गर्ने कारण संक्रमणको अर्को ठूलो चरण आउने सम्भावना अधिक रहेको देखिन्छ । मृत्युदर केही हदसम्म कम भइरहेपनि विश्वव्यापी तस्विर र अमेरिकी चित्र आफूुले सोचेको भन्दा अस्पष्ट रहेको बताउछन् ।
गेट्सले अमेरिकाका धेरै व्यक्तिहरूले मास्क लगाउने कुरालाई गम्भीर रूपमा नलिएको बताएका छन् । अहिले ठीक अवस्थामा फर्किने क्रममा हाम्रो व्यवहार पहिलाको जस।तो हुदै गएमा ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण फैलन सक्ने हुन सक्छ ।