आमिरको घरमा काम गर्ने कर्मचारी कोरोना संक्रमीत
Thursday, July 2nd, 2020, 6:32 pm
भारत, असार १९ । बलिउडका चर्चित अभिनेता आमिर खानको घरमा काम गर्ने कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आमिरले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममार्फत आफ्नो घरमा काम गर्ने केहि कर्मचारीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन् । कति जना संक्रमीत भएको नखुलाए पनि घरमा काम गर्ने केहि कर्मचारीहरूलाई संक्रमण देखिना साथ तुरुन्तै क्वारेन्टाइनमा राखिएको बताइएको छ । आमिरले घरका सबै सदस्यको कोरोनाको परिक्षण र सोसाइटिमा किटाणुनाशक प्रयोग गरेर फ्युमिगेट गराइसकेका छन् ।
घरका परिवारको कोरोना परिक्षणमा आफू सहित सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।