कोरोना भाइरस सकिएको भन्दै पार्टी आयोजना
Thursday, July 2nd, 2020, 6:27 pm
एजेन्सी , असार १९ । गणतन्त्र चेकोस्लोभाकियामा कोरोना भाइरस सकिएको खुशीयालीमा पार्टी गरिएको छ । एक करोड जनशंख्या भएको देशमा १२ हजारभन्दा कम व्यक्ति संक्रमित भएका थिए भने ३ सय ५० जनाको ज्यान गएको छ ।
चेकोस्लोभाकियामा कोभिड १९ को असर तुलनात्मक रुपमा न्युन रहेको हुदा मंगलबर राजधानीस्थित प्रागको चार्ल्सब्रिजमा ५ सय मिटर लामो टेबुलमा हजारौं व्यक्तिहरूले सहभागीता जनाएका थिए । उनिहरूले आ–आफ्ना घरबाट ल्याएको खाना तथा पेय पदार्थ आपसमा बाँडेर खाँदै रमाइलो गरेका थिए । सामाजिक दूरीको पालना नगरिएको पार्टीमा उपस्पाथित भएका पाहुनाहरूलाई छिमेकीहरूसंग खानेकुरा बाड्न प्रोत्साहित गरिएको थियो ।
विश्वका कैयौ देशहरू लकडाउनमा छन् भने कोरोनाबाट वच्नका लागी अनेकौ उपाय अपनाइरहेका छन् । विश्व स्वास्थ संगठनले विश्वबाट कोरोना भाइरसको महामारी समाप्त भइनसकेको चेतावनी दिइरहेको बेला चेकोस्लोभाकियामा कोरोना भाइरस सकिएको खुशीयालीमा विशाल बिदाई पार्टी आयोजना गरि सहभागिता जनाएका हुन् ।