अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायल तेस्रो चरणमा
Thursday, July 2nd, 2020, 6:21 pm
एजेन्सी , असार १९ । अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड–१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्मक नतिजा देखाएको छ ।
अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड–१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्मक नतिजा पाएको कारण केहि आशा जागेको बेलायतमा एक संसदीय सुनुवाईको क्रममा सरकारी कमिटीले जानकारी दिएका हुन् । सम्भावित भ्याक्सिनको ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो र अन्तिम चरणमा पुगेको छ । यो भ्याक्सिन पहिलो हो जुन तेस्रो चरण सम्म पुग्न सफल भएको हो ।
ट्रायलको अर्को चरणका लागि ८ हजार स्वयमंसेवकको आवश्यक हुने अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलिबर्टले सरकारी कमिटीलाई जानकारी दिएका छन् । भ्याक्सिनको अन्तिम ट्रायलको नतिजामा निर्भर हुने हुदा भ्याक्सिन कहिले तयार हुने बारे कुनै जानकारी भने साराले दिन नासक्ने बताएकी छिन् ।