अमेरिकाले कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डेसिभिर जुलाईमा बनेको सबै डोज किन्दै
Thursday, July 2nd, 2020, 6:15 pm
एजेन्सी , असार १९ । इबोला संक्रमणको समयमा प्रयोग गरिने रेम्डेसिभिर एक एन्टी-वायरल औषधि हो । अमेरिकी विशेषज्ञहरूले औषधि निर्मातासँग मिलेर रेम्डेसिभिरले कोभिड १९ बाट पीडित बिरामीहरूलाई तुरुन्त निको हुन मद्दत गर्ने पत्ता लगाएका थिए । इबोलाको उपचारका लागि विकास गरिएको रेम्डेसिभिर कोरोना भाइरसविरुद्ध अचूक औषधि नभएको पनि बताइएको थियो ।
रेम्डेसिभिरले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउने हुदा रेम्डेसिभिरले बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि अस।पताल बस्नु पर्ने समयमा १५ दिनबाट ११ दिनमा झरेको बताइएको थियो । कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएको रेम्डेसिभिर औषधिको ५ लाख डोज अमेरिकाले किन्ने भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले कोभिड १९ को उपचारमा प्रभावकारी देखिएको रेम्डेसिभिर औषधिको ५ लाख डोज किन्न लागेका हुन् । बीबीसीमा जनाए अनुसार अमेरिकाले औषधी निर्माता गिलियड साइंसेजले जुलाईमा बनाउने सबै तथा अगस्ट र सेप्टेम्बरमा उत्पादनको ९० प्रतिशत रेम्डेसिभिर किन्ने निर्णय गरेको छ ।