छाला स्वास्थ्य राख्न मद्दत गर्ने फलफुल
Thursday, July 2nd, 2020, 6:08 pm
एजेन्सी , असार १९ । छालालाई सुन्दर र चम्किलो बनाउनका लागी बिभिन्न प्रकारको घरेलु उपायका साथै केमिकल्स भएको कस्मेटिक्सको पनि प्रयोग गर्ने गरिन्छ । तर, निकै प्रयास गरिरहदा पनि छाला सुन्दर र चम्किलो हुन सकिरहेको हुदैन ।बाहिरी रुपबाट छालालाई स्वास्थ्य राख्न र चमक ल्याउन यस्तो प्रकारको सामानको प्रयोग भन्दा पनि छालालाई भित्रै रुपबाट सफा र स्वास्थ्य राख्नमा जोड दिनुपर्छ ।
छाला स्वास्थ्य राख्नका लागी स्वास्थ्य खाने कुरासंगै प्रस्सत मात्रामा पानी पिउनु पर्छ । विभिन्न हरियो सग, सब्जी तथा फलफुलमा भएको पोषणले धेरै रोग लग्नबाट बचाउनुका साथै छालालाई स्वस्थ, नरम र चम्किलो बनाउन मद्दत गर्छ ।
सुन्तला, स्याउ् मेवा, अनार र खर्बुजाको सेवनले चाउरिपन हटाएर नरम. सुन्दर र चम्किलो छालाको प्रदान गर्नुका साथै शरीरको विभिन्न अंगहरूमा पनि फाइदा पुर्याउछ ।
सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ र पौष्टिक तत्वहरूले कोलाजीन नामक छालाका रेसाहरू बनाएर छालाको सुक्खापन हटाउन मद्दत गर्छ । यति मात्र नभई सुन्तलाको रस र बोक्राले छालामा मालिस गर्नाले छालाको प्वालमा जम्मा भएका दाग धब्बा हटाई छाला स्वास्थ्य र चम्किलो राख्न मद्दत गर्छ । स्याउमा प्रसस्त मात्रामा पाइने पोटासियमले छालालाई स्वास्थ्य राख्न एकदम ठूलो भूमिका खेल्ने गर्छ ।
मेवामा प्रसस्त मात्रामा पाइने इन्जाइम र पौष्टिक तत्वहरुले छालालाई ताजा राख्दछ । मेवाको कालो दानाहरू पिसेर छालामा लगाउने गर्नाले छालाको बिषादी र मरेका कोषहरूलाई निस्काशन गर्न मद्दत गर्छ । प्युनिसिक एसिड, एलाजिक एसिड, एन्टीअक्सीडेन्ट, ओमेगा ३ फ्याक्टी एसिड पईने अनारले सुक्खापन हटाएर छालाका कोष पुननिर्माण गरि रातो रक्तकोषको मात्रा बढाई रक्त प्रवाहमा सुधार गर्छ ।
खर्बुजामा प्रसस्त मात्रामा पाइने पानीले छालालाई मात्र नभएर शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । लाइकोपिन, भिटामिन ‘ए’ र ‘सी’ पाइने खर्बुजाको सेवनले छालालाई चाउरि हुनबाट जोगाउँछ । खर्बुजाको रसलाई छालामा लगाउने गर्नाले समेतछालामा जम्मा भएका फोहरलाई निकालेर छालालाई सफा गर्छ ।