एचआइभीको औषधिले कोरोनाको बिरामीलाई फाइदा गरेन
Thursday, July 2nd, 2020, 5:59 pm
एजेन्सी , असार १९ । एचआइभीबिरुद्धको एक प्रभावकारी औषधिले कोरोना भाइरस संक्रमितमा केहि पनि फायदा देखाएन । एचआइभीबिरुद्धको लोपिनावियर-रिट्रोनावियर नामक औषधिले फाइदाजनक नतिजा नदेखाएको हो । अक्सफोर्ड युनिभर्सिटीमा रिकभरी ट्रायल चलाइरहेका वैज्ञानिकहरूले विज्ञप्ति जारी गर्दै मार्चदेखि एचआइभीबिरुद्धको औषधिलाई अस्पताल भर्ना गरिएका बिरामीहरूलाई दिदा कुनै प्रकारको सुधार नदेखिएको बताएका हुन् ।
सोमबार, परीक्षण स्टीयरिंग कमिटीले कि कोभिड १९ बाट अस्पतालमा भर्ना बिरामीहरूमा १०० दिन पछि समेत कुनै फाइदाजनक प्रभाव नदेखिएको निष्कर्ष निकालेको छ । ब्रिटेनका १ सय ७६ अस्पतालहरूबाट ११ हजार ८ सय बिरामीलाई ट्रायलमा संग्लग्न गरिएको थियो । त्यसमध्ये १ हजार ५ सय ९६ लाई लोपिनावियर-रिट्रोनावियर औषधी र ३ हजार ३ सय ७६ जनालाई सामान्य हेरचाह गरिएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयमा चिकित्सा र महामारी विज्ञानको प्रोफेसर मार्टिन ल्यान्ड्रेले यि बिरामीहरू मध्ये २६ प्रतिशतलाई श्वासप्रश्वासको कुनै मेसिनको आवश्यकता नपरेको तर, ४ प्रतिशतलाई भेन्टिलेसन, ७० प्रतिशतलाई अक्सिजनको आवश्यक परेको बताए । सामान्य हेरचाहको तुलनामा लोपिनावियर-रिट्रोनावियर लिएका बिरामीहरूको मृत्युदरमा खास फरक नदेखिनुका साथै भेन्टिलेसनमा बढ्ने जोखिम वा अस्पतालमा रहनुपर्ने जोखिममा पनि कुने फाइदाजनक प्रभाव देखिएन ।