भदौको दोस्रो साताबाट छायांकन हुने रेखाको नयाँ फिल्ममा सौगात पक्का
Thursday, July 2nd, 2020, 5:53 pm
नायिका रेखा थापाले निर्माण गर्ने नयाँ फिल्म भदौको दोस्रो साताबाट छायांकन हुने भएको छ । बैशाखबाट छायांकनमा जाने भनिएको फिल्मको भदौ दोस्रो साताबाट छायांकन सुरू हुने रेखाले जानकारी दिएकी छिन् ।
कोरोना महामारीका कारण फिल्म छायांकनमा जन नसकेपछि प्राविधिकदेखि कलाकार सम्मको रोजिरोटी बन्द हुन लागि सकेको हुदा सावधानी अपनाएर हरेक क्षेत्र सकृय हुन जरुरी रहेको बताउदै फिल्मलाई भदौ दोस्रो साताबाट सुरु गर्न लागेको हो । फिल्म छायांकनमा जान र यस क्षेत्रलाई सकृय बनाउन सरकारले विषेश सहयोग गर्नु पर्ने रेखा बताउछिन् ।
रेखा फिल्मस् को ब्यानरबाट निर्माण हुने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । विदेशमा अलपत्र परेको युवा र समग्र बेरोजगार युवाको कथा फिल्ममा समेटिने फिल्मको कथा जगदीश्वर थापाले लेखिरहेका छन् । फिल्ममा रेखा र सौगात मल्लको मुख्य भुमिका रहने पक्का भएको छ । नाम तय नभएको फिल्मलाई २०७७ को लक्ष्मी पूजामा रिलिज गर्ने लक्ष्य राखिएको थियो । तर, छायांकन नै समयमा सुरु नभएको कारण पुरा हुन नसके पछि फिल्मको नयाँ रिलिज मिति भने तय भएको छैन ।