सावधानी नअपनाए अमेरिकाका दैनिक एक लाख मानिस संक्रमित हुन सक्छः डा. फाउची
Thursday, July 2nd, 2020, 5:46 pm
एजेन्सी , असार १८ । अमेरिकाका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक एक लाख हुन सक्ने चेतावनी दिइएको छ । मानिसहरुले बेलैमा सावधानी नअपनाए अमेरिकीका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकाका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक एक लाख हुन सक्ने चेतावनी दिएका हुन् ।
डा. एन्थोनी फाउचीले प्रेस ब्रिफिङका क्रममा अमेरिकामा महामारी अझै नियन्त्रण नभइसकेको र आउने समयमा अझै ठूलो समस्या झेल्नुपर्ने अवस्था आउने बताए । अमेरिकीहरूले सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायहरूलाई अझै पनि प्रभावकारी रुपमा नअपनाउँदा समस्या थप गम्भीर बन्दै जाने र दैनिक संक्रमितको संख्या एक लाख पुगेमा आफू आश्चर्यमा नपर्ने उनि बताउछन् ।
पछिल्लो केहि दिन यता अमेरिकामा संक्रमितको संख्या दैनिक ४० हजार भन्दा धेरैले बढीरहेको छ । ‘त्यसैले मानिसहरु बेलैमा सचेत हुन जरुरी छ’, उनले भनेका छन्, ‘अन्यथा स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्छ । संक्रमितको संख्या दैनिक १ लाख बढी हुन सक्छ ।