प्रधानमन्त्री ओली सहभागी नभएपछि नेकपा स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित
Thursday, July 2nd, 2020, 5:21 pm
काठमाडौं, असार १८ । २ दिनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि लगत्तै शनिबार बिहान बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका थिए । बैठक चलिरहेका बेला मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक रोकिएको थियो ।